महाकाली नदीमा ९ दिन अघि बेपत्ता भएका युवकको शव फेला
२०८२ मंसिर १८, ०१:३३
कञ्चनपुर: महाकाली नदीमा ९ दिनअघि बेपत्ता भएका युवकको शव फेला परेको छ। नदीमा पौडी खेल्ने क्रममा ९ दिन अघि बेपत्ता भएका जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताए। बिहीबार बिहान शव फेला परेको बताईएको छ।
कमेन्ट लोड गर्नुस