कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी
कञ्चनपुरः कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट स्थित आसि देवी चौधरीले सञ्चालन गरेको आसि देवी चौधरी कुखुरा पोल्टि फर्ममा बिद्युतको तार सट भई गएराति १०ः४५ बजे आगलागी भएको हो। आगलागी हुँदा फर्म र फर्म भित्र रहेका ३ सय वटा कुखुराका चल्ला, ग्याँस सिलिण्डर लगायतका सामान गरी अन्दाजी मुल्य तिन लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।