चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ
२०८२ मंसिर १८, ०७:३४
धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद सजाय र १ हजार जरीवाना तोकिएकी धनगढी उपमहानगरपालिका–२ बस्ने २२ वर्षकी सिता कुमारी शाही पक्राउ परेकी हुन्। शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस