सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०८२ मंसिर १७, ०२:२६ खबर संवाददाता

कैलाली: धनगढी उपमहानगरपालिका–३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने करिब १ सय ९० मिलिग्राम पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका–७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भुपेन्द्र विष्ट रहेका छन्।

अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो। प्रहरीले विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस