धनगढी–३ चटकपुरका ८६ बर्षीय बुवा यगराम अवस्थीले गरे कपडा सहयोग
२०८२ मंसिर १६, ०५:१६
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १६ थान कपडा सहयोग गरिएको छ।
धनगढी–३ चटकपुर निवासीे ८६ बर्षीय बुवा यगराम अवस्थीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस