सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एचआइभी संक्रमितलाई निशुल्क एआरटी औषधी वितरण

२०८२ मंसिर १६, ०४:३६ खबर संवाददाता

बैतडी: बैतडीमा दुई वटा एआरटी सेन्टरमार्फत एचआइभी संक्रमितहरुलाई नियमित औषधी वितरण हुँदै आएको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकका अनुसार संक्रमितहरुले खानुपर्ने एआरटी औषधी निशुल्क पाउने व्यवस्था छ।

स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत खगेन्द्र कार्कीले बताएअनुसार, जिल्ला अस्पताल बैतडी र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीबाट संक्रमितहरुलाई औषधी वितरण भइरहेको छ। हाल बैतडीमा ७४ जना महिला र ६२ जना पुरुष गरी जम्मा १३६ जना संक्रमितले एआरटी औषधी सेवन गरिरहेका छन्।

यद्यपि औषधी निशुल्क उपलब्ध भए पनि संक्रमितहरुलाई अन्य चुनौतीहरू झेल्नुपरेको छ। बैतडी प्लसका कार्यक्रम संयोजक जगदीश बिष्टका अनुसार, एचआइभी क्षेत्रमा काम गर्ने संघसंस्था कम भएका कारण स्थानीय सरकारले संक्रमितका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।

साथै, संक्रमितहरूमाथि भेदभाव र लाञ्छनायुक्त व्यवहार अझै कायम रहेकाले यसमा सुधार ल्याउनुपर्नेमा बिष्टले जोड दिए।
 

कमेन्ट लोड गर्नुस