सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट अछाम घर भएका साउँद बेपत्ता

२०८२ मंसिर १५, ०५:४३ खबर संवाददाता

धनगढीः धनगढीबाट अछामका एक जना बेपत्ता भएका छन्।

अछामको बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्ना, काँडाकोटका सर्जन साउँद बेपत्ता भएका हुन्। साउँद मंसिर ११ गते बेपत्ता भएको उनका छोरा प्रकाश साउँदले बताए।

रोजगारीको लागि भारत जानका लागि अछामबाट आएका साउँद धनगढी बसपार्क क्षेत्रबाट हराएका हुन्।

कालो पाइन्ट, कालो र सेतो सर्ट र कपडाको टोपी लगाएका ४८ वर्षीय साउँदलाई देखेमा नजिकैको प्रहरी चौकी अथवा उनका छोरा प्रकाश साउँदको ९७०६५०५९३१  मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस