सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले श्रीलंकालाइ दुई लाख डलर सहयोग गर्ने

२०८२ मंसिर १५, ०१:४२ खबर संवाददाता

काठमाडौं: नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै श्रीलङ्का सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो।

नेपालले दुई देशबीचको आत्मीय र मैत्रिपूर्ण सम्बन्धका आधारमा यस कठिन समयमा श्रीलङ्कासँग दृढ रूपमा उभिएको स्पष्ट पारेको छ। विज्ञप्तिमा बाढीका कारण निधन भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

एक्यबद्धताको रूपमा नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहयोग गर्ने निर्णय पनि गरेको छ। श्रीलङ्का जनताले यो विपत्तिबाट पुनःउठ्ने क्रममा देखाउने साहस, शक्ति र धैर्यप्रति नेपाल सरकार तथा नेपाली जनता पूर्ण रूपमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।डा. देवकोटाका अनुसार हाल अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक र २५ जना मेडिकल अधिकृत कार्यरत छन्।
 

कमेन्ट लोड गर्नुस