सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेपत्ता भएका बैतडीका राजेश सकुशल फेला परे

२०८२ मंसिर १५, ०१:०० खबर संवाददाता

बैतडी: गत बिहीबारदेखि बेपत्ता रहेका बैतडीको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १४ बर्षीय राजेश कुँवर सकुशल फेला परेका छन्। 

आइतबार साँझ उनलाई सुर्नया गाउँपालिका–५ बिष्टपालीमा सकुशल फेला पारेको सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक कृष्ण बिष्टले बताए। 

सुर्नया गाउँपालिका–५ स्थित रडीगाउँ मामाको घरमा बस्दै आएका उनी बिहीबार बिहान साढे सात बजे विद्यालय जान्छु भनि घरबाट निस्केका थिए। बिहीबारदेखि बेपत्ता रहेका राजेश फेला नपरेपछि परिवारजनले खोजी कार्य गरिरहेकोमा हिजो फेला परेका बिष्टले बताए। 

राजेश सुर्नया गाउँपालिका–५ स्थित सिद्धनाथ आवि धुलिधारमा कक्षा ८ मा अध्ययनरत रहेका छन्।
 

कमेन्ट लोड गर्नुस