लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ
२०८२ मंसिर १५, ०७:३७
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–६ बस्ने २४ वर्षीय दिलबहादुर चौधरी र ४ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय आसाराम चौधरी पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस