सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुर लागूऔषधसहित ४ जना पक्राउ

२०८२ मंसिर १५, ०७:३२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुर लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानबाट धनगढी उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई पक्राउ परेका हुन्। यी दुई जनालाई २ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै टीकापुर नगरपालिका–४ बाघमारा स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय बिश्राम चौधरीलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ। यी दुबै जनालाई ३१० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। आइतवार पक्राउ चारै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस