धनगढी–५ हसनपुरका पन्त दम्पती गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ४४ थान कपडा सहयोग गरिएको छ।
धनगढी–५ हसनपुर निवासीे विश्व हिन्दु परिषद नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्र राज पन्त र उनको धर्मपत्नी जया पन्त ले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।