सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई युवक र एक युवती लागूऔषधसहित पक्राउ

२०८२ मंसिर १३, ०७:३९ खबर संवाददाता

धनगढीः धनगढीका दुई युवक र एक युवती लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ झलारीगाउँ एयरपोर्ट नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षीय भुवन राना, २३ वर्षकी कल्पना चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय जिवन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस