सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २१ को आम निर्वाचनमा सेना परिचालन राष्ट्रपतिद्वारा स्वीकृत

२०८२ मंसिर ११, १०:१३ खबर संवाददाता

धनगढी: राष्ट्रपति श्री रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसका आधारमा २०७८/०८/०८ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको निर्णय उद्धृत गर्दै, आगामी २०८२ साल फागुन २१ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार, निर्वाचनको शान्ति–सुरक्षा सुनिश्चित गर्न सेना परिचालनको सिफारिस आएको र सोही अनुसार राष्ट्रपति पौडेलले २०८२ मंसिर ११ गते स्वीकृति प्रदान गरेका हुन्।

विज्ञप्तिमा प्रवक्ता प्रदीप कुमार कोइरालाले आम निर्वाचन सुरक्षित, शान्त र व्यवस्थित रूपमा सम्पन्न गर्न सेना परिचालन आवश्यक रहेको उल्लेख छ।

कमेन्ट लोड गर्नुस