भ्रमण बर्षलाई सघाउन अछाममा होटल तथा पर्यटन ब्यवसायी संघ गठन
नेपाल भ्रमण बर्ष २०२० लाई सघाउन अछाममा होटल तथा पर्यटन ब्यवसायी संघ गठन भएको छ। जेष्ठ सदस्य गोरखबहादुर बुढाको अध्यक्षतामा मंगलबार साँफेबगरमा भएको भेलाले महेश कुँवरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती गठन गरेको हो। संघको उपाध्यक्षमा झंकर भाट, महासचिब प्रदिप केसी, सचिबमा तुलाराम बिसी, कोषध्याक्ष मिन राना रहेका छन् भने सदस्यहरुमा दिपक रावल, योगेश कुँवर, तिर्था चौैधरी राई, सिता देबी थापा रहेका छन्।
त्यसैगरी सल्लाहकार संयोजकमा बम स्वाँर, सदस्यहरु मिनबहादुर कँवर र नारायण शाह रहेका छन्।