सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एमाले नेता बस्नेत पुग्दा तनाव, प्रदर्शनकारीमाथि युवा संघको आक्रमण, केहि घाईते  

२०८२ मंसिर १०, ०२:५१ खबर संवाददाता

धनगढीः धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको हो ।

बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिक युवाहरुले प्रदर्शन गरिरहेका थिए । जेनजीको प्रदर्शनस्थलमा मोटरसाइकल याली रोकेर एमाले निकट युवा संघका कार्यकर्ताहरुले जेनजी प्रदर्शनकारीमाथि आक्रमण  गरेका हुन् ।  प्रहरीको सुरक्षा घेरा तोड्दै जेनजीमाथि आक्रमण भएको हो ।

सो क्रममा धनगढी-४ की  जेनजी अगुवा सरिता जोशीसंगै  केहि युवाहरु घाईते  भएका छन्। उनको हातमा चोट लागेर अहिले निसर्ग अस्पतालमा उपचार भइरहेको छ। । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् ।

कमेन्ट लोड गर्नुस