सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता महेश बस्नेत धनगढी आउने खबरले जेनजी युवा सडकमा

२०८२ मंसिर १०, ०२:३२ खबर संवाददाता

धनगढीः नेकपा (एमाले) का नेता महेश बस्नेत आज धनगढी आउने खबर पाएपछि जेनजी युवा सडकमा उत्रिएका छन् । 

विभिन्न नारा लेखिएको कार्ड बोकेर उनीहरु धनगढीस्थित हसनपुरको सडकमा उत्रिएका हुन्। जेनजीहरुले धनगढी रङ्गशाला क्षेत्रमा बस्नेतविरुद्धमा नाराबाजी गरिरहेका छन् । राष्ट्रिय युवा सङ्घले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा हुन गइरहेको कार्यक्रमलाई सम्बोधन गर्न नेता बस्नेत यहाँ आउन लागेको प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। बस्नेत आउन लागेपछि जेनजी युवाले कार्यक्रमस्थल नजिक सडकमा विरोध गरिरहेका छन् ।
 

कमेन्ट लोड गर्नुस