लागूऔषध मुद्दामा फरार धनगढीका एक युवक पक्राउ
२०८२ मंसिर १०, ०७:०३
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २४ वर्षीय शिव राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस