जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण
बैतडीः बैतडीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा ६० जना विद्यार्थीलाई कापी र कलम वितरण गरेका छन्।
जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ बाइमका प्रदिप जोशीले स्थानीय शिक्षा केन्द्र अमर माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई कापी र कलम उपहार दिएका हुन्।
समाजमा जन्मदिनको अवसरमा केक काट्ने, मासु खाने जस्ता अभ्यास बढ्दै गएकाले, जन्मदिनमा केक काट्ने र मासु खाने आफूहरूको संस्कार नभएको सन्देश दिन विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालकालिकालाई शैक्षिक सामग्री सहयोग गरेको जोशीले बताए।
'जन्मदिनमा केही राम्रो काम गरौँ भन्ने सोच पलायो। जन्मदिन मनाउन अनावश्यक खर्च गर्न हुन्न भन्ने सन्देश दिन बालबालिकालाई कापी कमल सहयोग गरेँ,' जोशीले भने।