सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विकास बैंकले कमायो ४ अर्ब ३५ करोड

। फोटो स्रोत ।
२०७६ साउन २१, ०५:१२ खबर संवाददाता

कृषि विकास बैंकले आर्थिक वर्ष २०७५÷७६ मा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको छ। आर्थिक बर्ष २०७४÷७५ को तुलनामा बैंकले १९ प्रतिशतले नाफा बढाएको हो। यसअघि बैंकको नाफा ३ अर्ब ६५ करोड थियो। बैंकले मंगलबार अघिल्लो आर्थिक वर्षको विवरण सार्वजनिक गरेको बैंकले वितरणयोग्य मुनाफा भने ३ अर्ब ३१ करोड रहेको बताएको छ।

वर्ष भरिमा १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब छ। यस अवधिमा बैंकको जगेडा कोष १० अर्ब ४० करोड छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ७ दशमलव ६१ प्रतिशतले बढेको ७ अर्ब ३७ करोड प¥याएको छ। खराब कर्जा २ दशमलव ९० प्रतिशत रहेको बैंकले जनाएको छ।

त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ९ दशमलव १६ गुणा, आधार ब्याजदर १० दशमलव ५८ प्रतिशत, प्रतिशेयर नेट वर्थ ३१४ दशमलव १८ रुपैयाँ, प्रति शेयर आम्दानी ४४ दशमलव ६७ रुपैयाँ, कोषको लागत ७.४१ प्रतिशत , कर्जा र बचत बीचको व्याज अन्तर ४ दशमलव ६८ रहेको बैंकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस