स्वास्थ्य सूचकाङ्क मूल्याङ्कनमा डडेल्धुरा प्रदेशभरि उत्कृष्ट
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुरा प्रदेशभरिमै उत्कृष्ट रहेको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराले ८५.२० अंकसहित ‘ए’ ग्रेड हासिल गर्दै पहिलो स्थान प्राप्त गरेको हो।
यसैगरी, मूल्याङ्कनमा डोटी दोस्रो (८२.५० अंक) र कैलाली तेस्रो (८१.७५ अंक) भएका छन्।
स्वास्थ्य कार्यालय डडेल्धुराले यो उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूप्रति धन्यवाद व्यक्त गरेको छ।