सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ मंसिर ८, ०७:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–२ ट्राफिक चौराहा र टीकापुर–९ सोनाफाटा स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २२ हजार ९ सय मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

भन्सार छलीका चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस