सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८२ मंसिर ७, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ असोज १५ गतेको फैसलाले चोरी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएपछि फरार रहेका दोधरा चाँदनी नगरपालिका–९ शान्तीटोल बस्ने २५ वर्षीय प्रकाश साउँदलाई प्रहरीले पक्राउ गरेको हो। साउँदलाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस