सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा किशोर–किशोरीमैत्री स्वास्थ्य चौकी घोषणा

। फोटो स्रोत ।
२०७६ साउन २१, ०२:४१ खबर संवाददाता

बैतडीमा किशोर–किशोरीमैत्रीस्वास्थ्य चौकी घोषणा गरिएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ मा रहेको सकार स्वास्थ्य चौकीलाई किशोर–किशोरीमैत्री घोषणा गरिएको हो। किशोर–किशोरीमैत्री प्रमाणीकरणका ४५ आधार र ९ वटा मापदन्ड पूरा भएपछि सकारलाई किशोर–किशोरीमैत्री स्वास्थ्य चौकी सूचीकृत गरिएको वडा अध्यक्ष गणेश भट्टराइले बताए।

उनका अनुसार स्वास्थ्यचौकीमा सेवा लिन आउने किशोर–किशोरीका लागि अलग्गै कोठाको व्यवस्था गरेर सेवा दिने गरिएको छ। उनीहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्यकर्मीहरुले चाहेको स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको बताए। उनले भने, स्थानीय स्तरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि लागिपरेका छौं।

यस्तै आफूहरुले स्वास्थ्य चौकीमा आएर विभिन्न सेवा लिने गरेको स्थानीय किशोरी हिरा भट्टराईले बताइन्। सकारसहित बैतडीका सात वटा स्वास्थ्य चौकीलाई किशोर–किशोरीमैत्री स्वास्थ्य चौकी घोषणा गरिसकिएको स्वास्थ्य कार्यालय बैतडीकी प्रमुख निशा जोशीले जानकारी दिइन्। 

किशोर–किशोरीमैत्री स्वास्थ्य संस्थामा किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न सेवाका साथै अन्य स्वास्थ्य सेवा पनि प्रदान गरिने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस