कञ्चनपुरमा ट्राफिक जाँचका क्रममा तीन चालक लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ
कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–१०, सिसैया स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी सुडाले मिति २०८२ मंसिर ५ गते दिउँसो करिब १६ः०० बजे सञ्चालन गरेको सवारी साधन जाँचका क्रममा तीन जना चालक लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका छन्। जाँचमा महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो।
जाँचको क्रममा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका–९ बस्ने ३० वर्षीय खोम बहादुर नेपाली, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ बस्ने ३१ वर्षीय हिक्मत मडै, र बेल्डाडी गाउँपालिका–२ बस्ने २० वर्षीय संजय बिष्टलाई परीक्षण गर्दा लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र आगामी कानुनी प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जानकारी दिएको छ। यस्तो अनुगमनले सडकमा सुरक्षा सुनिश्चित गर्ने र दुर्घटनाको सम्भावना कम गर्ने विश्वास व्यक्त गरिएको छ।