एनपिएलः चितवन राइनोजका बोपाराको दोस्रो अर्धशतक
काठमाडौँः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन्।
लुम्बिनी लायन्सबिरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। उनले आजको खेलमा ५५ बल खेल्दै तीन छक्का र चार चौका हान्दै ६६ रनको योगदान दिए । बोपारालाई रुबेल ट्रम्पलम्यानले दिलिप नाथले क्याच आउट गराए। यसअघि बोपाराले यही मङ्सिर २ गते कर्णाली याक्सविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए। इङ्गल्याण्डका बोपारा दोस्रो पटक चितवनबाट एनपिएल खेलिरहेका छन्।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सका हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गुप्टिल, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक बनाएका छन्।