सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा महिलाको गहना लुटपाट गरी हत्या गर्ने प्रयास

२०७६ साउन २१, ११:१४ डीवि विष्ट

बझाङ – जिल्लामा एक महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ। जिल्लाको  थलारा गाँउपालिका– ५ हाट घर भएकी २२ वर्षीया विमला ओलीको अज्ञात समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ। सोमबार बेलुका केदास्युँ गाँउपालिका –९ माइती घरबाट घर जाने क्रममा थलारा गाँउपालिका –३ को शिलाकोट भन्ने स्थानमा एक समूहले गहना, मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास भएको थियो।

उनको अवस्था गम्भीर रहेको छ भने उनकै साथमा रहेकी १३ वर्षीया बहिनी सुलोचना ओलीमाथि पनि लुटेरा समूहले आक्रमण गरेका थिए। उनी पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भईरहेका छ। घटनाको बारेमा अनुसन्धान भईरहेको र घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस