सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारका निर्णय जेठदेखि गुपचुप

२०८२ मंसिर ४, ०३:०६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनादेखि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेको छैन। सरकारले गत जेठ २ गतेपछि बसेका मन्त्रिपरिषद्को बैठकका निर्णय गुपचुप राखेको हो।

मन्त्रिपरिषद्ले गरेको निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने अभ्यास हुन्छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने जेठ २ गते मन्त्रिपरिषद्को २१३ औं बैठकको निर्णय सार्वजनिक गरेको छ। त्यसयताका बैठको निर्णय भने सार्वजनिक गरेको छैन।

जेठयता ६ महिनामा कति पटक मन्त्रिपरिषद्को बैठक बस्यो र के-कस्ता निर्णय भए भन्ने कुरा मन्त्री बाहेक कसैलाई थाहा छैन। २४ घण्टापछि सार्वजनिक रुपमै हेर्नमिल्ने गरी राख्नुपर्ने निर्णयसमेत मुख्यमन्त्री कार्यालयले सार्वजनिक गर्न आवश्यक नठानेको भेटिएको छ।

यो विषयमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ‌ओझासँग जिज्ञासा राख्दा उनले कर्मचारी अभावका कारण मन्त्रिपरिषद्का निर्णय वेबसाइटमा राख्न नसकिएको बताए। उनले भने, 'हामीले कर्मचारी अभावले मन्त्रिपरिषद्का निर्णय समयमै वेबसाइटका राख्न नसकेको हो। अहिले भने कम्प्युटर अभावले काम गर्न समस्या भएको छ। छिट्टै सबै अहिलेसम्मका निर्णय वेबसाइटका राख्ने छौँ।'
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस