गोदावरी–२ द्वारा करिब ३ लाख बराबरको प्याज–च्याउको विउ निःशूल्क वितरण
कैलाली: कैलालीको गोदावरी नगरपालिका–२ ले बुधबार वडाबासीलाई करिब ३ लाख रुपैयाँ बराबरका प्याज र च्याउको विउ निःशूल्क रूपमा वितरण गरेको छ। वडाध्यक्ष यज्ञ बहादुर महराका अनुसार वडाबासीलाई खेतीमा सहजता पु¥याउन चालु आर्थिक वर्षमै यी विउ वितरणका लागि बजेट विनियोजन गरिएको थियो।
वडाले प्याज र च्याउ दुवैका लागि १ लाख ५०–१ लाख ५० हजार रुपैयाँको बजेट छुट्याएको छ। बजेट सीमित भएकाले बढी रकम विनियोजन गर्न नसकिएको वडाध्यक्ष महराले बताए। उनका अनुसार वडाले विगतदेखि नै विभिन्न प्रकारका विउहरू वितरण गर्दै आएको छ।
एक घरबाट एक जनालाई मात्र विउ वितरण गरिने व्यवस्था गरिएको छ, जसका लागि नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको वडाध्यक्ष महराले जानकारी दिए। निःशूल्क विउ वितरण थालिएपछि वडाकार्यालयमा स्थानीयको ठूलो भीड लागेको थियो।