खैरो हेरोइन मुद्दामा फरार गोदावरीका एक जना पक्राउ
धनगढीः खैरो हेरोइन मुद्दामा फरार कैलालीको गोदावरीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका गोदावरी नगरपालिका २ बसपार्क बस्ने २६ वर्षीय प्रमोद चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।