सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक जग्गा अतिक्रमण नगर्न धनगढी-३ का अध्यक्षले निकाले सूचना

२०८२ मंसिर १, ०३:१७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–३ ले मोहना नदी किनार आसपासको नदी तटीय क्षेत्र तथा सार्वजनिक जग्गामा अतिक्रमण नगर्न/नगराउन सूचना जारी गरेको छ। वडा अध्यक्ष राजबहादुर ऐरले मोहना नदी किनारमा जग्गा अतिक्रमण गरेको पाइएकाले उक्त गतिविधि रोक्न सार्वजनिक सूचना निकालेका हुन्।

वडा अध्यक्ष ऐरले विभिन्न व्यक्तिहरू तथा समूहले नदी तटीय क्षेत्र कब्जा गर्ने काम भएको देखा परेकाले सार्वजनिक सूचना निकाल्नु परेको बताए। सार्वजनिक तथा पर्यावरणीय हिसावले संवेदनशील क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न वडा कार्यालयले सबैलाई आग्रह गरेको उनले बताए।

वडा अध्यक्ष ऐरले अतिक्रमणसम्बन्धी प्रमाण र जानकारी वडा कार्यालयमा पेश गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

वडा कार्यालयले सार्वजनिक सम्पत्ति संरक्षण सबैको साझा दायित्व भएको भन्दै अतिक्रमण रोक्न स्थानीयवासी तथा सरोकारवालाहरूको सहयोग मागेको छ।

कमेन्ट लोड गर्नुस