कैलालीको बडैपुरमा बस दुर्घटना
२०८२ मंसिर १, ०२:२०
धनगढीः कैलालीको गौरीगङ्गामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
सोमबार बिहान पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बस गौरीगंगा नगरपालिका – ८ बडैपुरमा दुर्घटनामा परेको हो।
सुदूरपश्चिम प्रदेश ०१ ००१ ख २६३१ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।
घाइतेको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको थियो।
कमेन्ट लोड गर्नुस