एरिस्टो स्कूलमा पढ्ने धनगढीका अविदान श्रेष्ठ वेपत्ता
धनगढी: धनगढीस्थित एरिस्टो ईङ्गलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय अविदान श्रेष्ठ आज विहानदेखि नै बेपत्ता भएका छन्।
उनको परिवारका अनुसार अविदान आज विहान करिब ९ बजे अदालत रोडस्थित फुपुको घरबाट स्कुल जान्छु भन्दै स्कुल ड्रेसमै निस्किएको तर साँझसम्म घर नफर्केपछि खोजतलास शुरु गरिएको हो।
उनका मामा नाता पर्ने हरि धामीका अनुसार स्कुलमा बुझ्दा अविदान स्कुल नै नपुगेको पुष्टि भएको छ। त्यसयता उनको मोबाइल तथा अन्य कुनै माध्यमबाट पनि सम्पर्क हुन नसक्दा परिवार चिन्तित बनेका छन्।
अविदानलाई देख्ने, भेट्ने वा कुनै जानकारी हुनेले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा ९८०१७०९२०८ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।