धनगढी–३ चटकपुरका लुइस जोशीले गरे कपडा सहयोग
२०८२ कार्तिक ३०, १२:४३
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ११ थान कपडा सहयोग गरिएको छ।
धनगढी–३ चटकपुर निवासी लुइस जोशीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्। धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस