सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ तारानगरका कमल बडूले गरे कपडा सहयोग 

२०८२ कार्तिक ३०, १२:३५ Dineshkhabar Desk

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ  ४० थान कपडा सहयोग गरिएको छ। 

धनगढी–५ तारानगर निवासी कमल बडुले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्। धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। 

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस