सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली हार्डवेयर संघको अध्यक्षमा शाही सर्वसम्मत चयन

२०८२ कार्तिक ३०, १२:०६ खबर संवाददाता


धनगढीः कैलाली हार्डवेयर संघको अध्यक्षमा कुवेरबहादुर शाही सर्वसम्मत चयन भएका छन्।

शनिबार धनगढीमा भएकाे संघकाे १३ औँ साधारणसभा तथा ५ औँ अधिवेशनबाट शाहीकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन भएकाे हाे।

संघकाे वरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द सर्वसम्मत चयन भए भने उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। संघको महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी र कोषाध्यक्षमा श्रवण चौधरी चयन भएका छन्।

सदस्यमा प्रन्जल गुप्ता, सुरेन्द्रप्रसाद जोशी, चक्र सोडारी, डम्बरप्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउँद, जय कुवार र बिरेन्द्र बोकटी निर्वाचित भएका छन्।

अधिवेशनकाे कैलाली उद्योग वार्णिज्य संघका अध्यक्ष पुष्कर ओझाले उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान गरेको भन्दै विभिन्न व्यक्तिलाई   सम्मान गरिएकाे थियाे।


 

कमेन्ट लोड गर्नुस