रोयल सुट हाउसका प्रवन्ध निर्देशक रैकालाई राष्ट्रिय युवा उद्यमी सम्मान
२०८२ कार्तिक ३०, ११:५१
धनगढीः धनगढीको रोयल सुट हाउसका प्रवन्ध निर्देशक सुरज रैका सम्मानित भएका छन्। तिलक फिल्म्स प्रालिको वार्षिकोत्सवको अवसरमा रैका राष्ट्रिय युवा उद्यमी सम्मान–२०८२ बाट सम्मानित भएका हुन्।
डेढ दशकदेखि उद्योग–व्यवसाय र समाजसेवामा सक्रिय हुँदै आएको भन्दै रैकालाई सम्मानित गरिएको हो।
शनिवार काठमाडौँमा भएको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले युवा उद्यमी रैकालाई सम्मानित गरेका हुन्।
कमेन्ट लोड गर्नुस