सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोयल सुट हाउसका प्रवन्ध निर्देशक रैकालाई राष्ट्रिय युवा उद्यमी सम्मान

२०८२ कार्तिक ३०, ११:५१ खबर संवाददाता

धनगढीः धनगढीको रोयल सुट हाउसका प्रवन्ध निर्देशक सुरज रैका सम्मानित भएका छन्। तिलक फिल्म्स प्रालिको वार्षिकोत्सवको अवसरमा रैका राष्ट्रिय युवा उद्यमी सम्मान–२०८२ बाट सम्मानित भएका हुन्।

डेढ दशकदेखि उद्योग–व्यवसाय र समाजसेवामा सक्रिय हुँदै आएको भन्दै रैकालाई सम्मानित गरिएको हो। 

शनिवार काठमाडौँमा भएको कार्यक्रममा  पूर्वउपराष्ट्रपति परमानन्द झाले युवा उद्यमी रैकालाई सम्मानित गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस