दिनेश एफएमका सञ्चालक जोशी राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट सम्मानित
धनगढीः दिनेश एफएमका सञ्चालकसमेत रहेका कैलाली अस्पतालका प्रवन्ध निर्देशक तथा नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष जनकाराज जोशी सम्मानित भएका छन्। जोशी राष्ट्रिय स्वास्थ्य सेवा सम्मान, २०८२ बाट सम्मानित भएका हुन्।
तिलक फिल्म्स प्रालिको नवौं वार्षिकोत्सवको अवसरमा जोशी सम्मानित भएका हुन्। लामो समयदेखि सुदूरपश्चिमको धनगढीमा स्वास्थ्य सेवा र समाजसेवामा योगदान दिएको भन्दै जोशी सम्मानित भएका हुन्।
पूर्वराष्टपति परमानन्द झाले शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा जोशीलाई सम्मानित गरेका हुन्।