धनगढीका भट्टले पाए कजारिया टायल्सको सरप्राइज गिफ्ट
धनगढीः धनगढी- का नारायण भट्टले कजरिया टायल्सको उपहार जितेका छन्। भट्टले कजारिया टाइल्सको उपहार योजना अन्तर्गत गिफ्ट जितेका हुन्।
कजारिया टायल्सको सुदूरपश्चिम डिस्ट्रिव्युटर राठी ईन्टरप्राइजेजबाट भट्टले उपहार जितेका हुन्। कजारिया गृह प्रवेश योजना अन्तर्गत उनले सरप्राइज गिफ्ट प्राप्त गरेको राठी ईन्टरप्राइजेजले जनाएको छ।
कजारिया रमेश टायल्स लिमिटेडले ग्राहकवर्गका लागि दशैँ तिहारको अवसरमा असोज १५ देखि कार्तिक १५ गतेसम्म 'कजारियासँगै घुमौँ देश-विदेश' भन्ने अभियानका साथ गृह प्रवेश योजना ल्याएको थियो। सो योजना अन्तर्गत भट्टले फोनबाट स्क्यान गर्दा सरप्राइज गिफ्टको रुपमा दस हजार मूल्यको बोट कम्पनीको इयर बड्स हात पारेका हुन्।