सुदूर नेपाललाई विश्वसँग जोड्दै

भू-उपयोग नियमावलीमा संशोधन, जग्गाको कित्ताकाट खुला

२०८२ कार्तिक २५, ०४:१६ खबर संवाददाता

धनगढीः सरकारले भू-उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संसोधित नियमावली  स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो। 

सरकारले दिएको समयसिमाभित्र पालिकाहरुले जग्गा वर्गीकरण नगरेका कारण गत साउनयता कित्ताकाट रोकिएको थियो।

भू-उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म पालिकाहरूले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि कित्ताकाट ठप्प भएको थियो। नियमावली संशोधन भएसँगै कैलालीमा पनि कित्ताकाट हुने नापी कार्यालय धनगढीका प्रमुख नापी अधिकृत जनकराज भट्टले बताए। उनले संशोधित नियमावली राजपत्रमा प्रकाशन भएपछि विस्तृत कुरा थाहा हुने बताए।

कमेन्ट लोड गर्नुस