सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले बढ्योे, चाँदी पनि महँगियो
काठमाडौं: मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य एकैदिनमा उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको हो। अहिले छापावाला सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य फेरि उच्च दरमा बढेपछि यसको सीधा असर नेपाली बजारमा परेको हो।