सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १९, ०५:२६ खबर संवाददाता

कैलालीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ सिसैयामा नालीमा माछा मार्ने क्रममा लेदोमा डुवेर सोही ठाउँका ५० वर्षीय लेदुराम डगौरा थारुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले उनको शव बाहिर निकालेर मात्रै प्रहरीलाई खवर आएको बताए। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस