सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट सवा तीन लाखको अवैध सामान बरामद

२०८२ कार्तिक २३, ०८:१३ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी र टीकापुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको छ।

धनगढी उप–महानगरपालिका–९ बङ्ग्राकटान र टिकापुर नगरपालिका–७ मोहना नदी किनार क्षेत्रबाट प्रहरीले सामान फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका तीन लाख १८ हजार मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका वस्तुहरूमा सुर्ती, स्पिकर, मोबिल, फलामको रड र नट लगायत छन्। ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस