सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १८ मंसिरदेखि राइजिङ स्टार प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु हुने

२०८२ कार्तिक २२, ०१:३३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा १८ मंसिरदेखि राइजिङ स्टार प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ।
उक्त प्रतियोगिता राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा विद्यालयस्तरीय टि–२० फर्मेटमा सञ्चालन गरिनेछ।

आयोजक विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार, प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्।

उनका अनुसार विजेता टोलीले नगद ५० हजार रूपैयाँ, उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार, उत्कृष्ट ब्याटर र बलरलाई दुई–दुई हजार, र उदयमान खेलाडीलाई १५ सय प्रदान गरिनेछ।

विद्यालयका प्रिन्सिपल हरिश शाहीले प्रतियोगिता धनगढीस्थित मट्यारीको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुने जानकारी दिए।
उनका अनुसार टिम दर्ता खुलिसकेको र तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
 

कमेन्ट लोड गर्नुस