हङकङ सिक्सेसमा नेपाल श्रीलङ्कासँग तीन विकेटले पराजित
काठमाडौँ: हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। समूह चरणअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग तीन विकेटले पराजित भयो।
यसअघि नेपालले आजै भएको अर्को खेलमा दक्षिण अफ्रिकासँग चार विकेटले र हिजो अफगानिस्तानसँग पनि पराजय बेहोरेको थियो।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो।
नेपालका लागि सन्दीप जोराले ३९ रन र लोकेश बमले अविजित ३१ रन बनाए।
बलिङतर्फ श्रीलङ्काका थरिन्दु रत्नायकेले दुई विकेट, जबकि लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक विकेट लिए।
८७ रनको लक्ष्य श्रीलङ्काले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो।
उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन र निमेश विमुखीले अविजित ३३ रन बनाए।
नेपालका तर्फबाट रुपेश सिंहले दुई विकेट र लोकेश बमले एक विकेट लिए।