सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी- ५ हसनपुरका कैलाश कुमार बहादुर सिंहले गरे कपडा सहयोग

२०८२ कार्तिक २२, ११:५० खबर संवाददाता

धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २२ थान कपडा सहयोग गरिएको छ। धनगढी-५ हसनपुरका स्थानीय कैलाश कुमार बहादुर सिंहले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस