'आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस्' दुई दिने तालिम धनगढीमा सम्पन्न
धनगढीः आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस्’ दुई दिने तालिम धनगढीमा सम्पन्न भएको छ।
नेपाल सरकार, युरोपेली युनियन र संयुक्त रास्ट्र संघ को संयुक्त पहलमा संचालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिमको समन्वय तथा कैलाली उद्योग वाणिज्य संघको आयोजनामा दुई दिने आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस्’ विषयक तालिम धनगढीमा सम्पन्न भएको हो।
उक्त तालिममा अनौपचारिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरू तथा व्यवसाय सुरु गर्न चाहने महिलाहरुको सहभागिता रहेको थियो। तालिमको उद्देश्य महिला उद्यमीहरूलाई व्यवसायलाई औपचारिक बनाउने सम्बन्धि ज्ञान र सीप प्रदान गर्नु रहेको थियो।
कार्यक्रममा सहभागीहरूले व्यवसाय दर्ता प्रक्रिया, कर प्रणाली, कानूनी अनुपालन, औपचारिक व्यवसायबाट प्राप्त हुने लाभ, व्यवसाय सञ्चालनका चुनौती, व्यवसायलाई दिगो र प्रभावकारि बनाउन सकिने उपायहरू तथा सामाजिक सुरक्षा कोषबारे व्यावहारिक ज्ञान प्राप्त गरे कार्यक्रममा सहभागिहरुले आफ्नो व्यबसायलाइ औपचारिकरण बनाउने सम्बन्धी कार्ययोजना तयार पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिमका उपाध्यक्ष अनिल भुजानीयाले महिला उद्यमशीलता सुदृढीकरणका लागि सहकार्य, समन्वय र हातेमालोको आवश्यकता रहेको बताउँदै महिला उद्यमीहरूलाई आत्मनिर्भर र सशक्त बनाउन सबैको भूमिकाको महत्व औंल्याए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारी निर्देशक ज्योति भट्ट र कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक दिनेश ओझाको पनि उपस्थिति रहेको थियो। तालिम कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित कोषाध्यक्ष तिलक बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो।