सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुटपाट र चेक अनादर मुद्दामा फरार कैलालीका ३ जना पक्राउ

२०८२ कार्तिक २१, ०७:३७ खबर संवाददाता

धनगढीः लुटपाट र चेक अनादर मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्।

चेक अनादर मुद्दामा ३ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ५३ वर्षीय कृष्ण प्रसाद शर्मा र २. कुटपिट/लुटपाट मुद्दामा २ महिना कैद सजाय र २ हजार ६ सय जरिवाना तोकिएको कैलारी गाउँपालिका–२ बस्ने ४४ वर्षीय गौरीशंकर चौधरी तथा सोही मुद्दामा १ महिना कैद सजाय र १ हजार ३ सय जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गाउँपालिका–२ बस्ने २६ वर्षीय शंकर चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस