सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलिकप्टरबाट गर्भवतीको उद्धार, शिशुको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १९, ०२:३८ खबर संवाददाता

हुम्लामा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीकी ३५ वर्षीया सोनाम टेन्डी लामालाई शनिबार हेलिकप्टरमा उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा जन्माउन नसकेपछि उनलाई लिमीबाट हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याइएको छेपाल दोर्जे लामाले जानकारी दिए। अस्पतालमा ल्याएपछि शल्यक्रिया गरी सुत्केरी भएपनि शिशुको मृत्यु भएको डा. सिद्धार्थ खातीले बताए। आमाको स्वास्थ्य भने अहिले सामान्य रहेको छ।

उता जिल्लाको उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी बिहीन छ। लिमी स्वास्थ्यचौकीमा अहिले कर्मचारी कोही पनि नभएको त्यहाँका स्थानीयवासीले बताएका छन्। दुई अनमी, दुई अहेब र एक सिनियर अहेवको दरबन्दी रहे पनि अहिले स्वास्थ्यचौकीमा कोही नभएको जिल्ला अस्पतालले जानकारी दिएको छ। स्वास्थ्यकर्मी नहुँदा सुत्केरी व्यथा लागेकी लामालाई लिमीदेखि सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा पु¥याउन हेलिकप्टरको भाडा रु एक लाख ५० हजार तिर्नुपरेको छ। रासस

 

कमेन्ट लोड गर्नुस