बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ
२०८२ कार्तिक २०, ०७:२९
धनगढीः बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट बैतडीको पाटन नगरपालिका–१ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीया कोठा गरी बस्ने २४ वर्षीय नन्दराज भट्ट लागूऔषधसहित पक्राउ परेका हुन्। भट्टको साथबाट ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस